१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । तुर्माखाद गाउँपालिका–७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल बिनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्टलाई नेपालगञ्जको वसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजना वसपार्कमा बस्दै आएका थिए । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर विक्री भइरहेको भन्ने सूचना प्राप्त गरेको प्रहरीले उनीहरुमाथि आवश्यक चेकजाँच गर्दा ५२ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech