११ श्रावण २०८१, शुक्रबार

मर्चवारी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

बुटवल । मर्चवारी गाउँपालिकामा तिन दिने परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धित कार्यक्रम संचालन गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त परिक्षण गरिएको हो ।

कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्षमण अर्याललले परिक्षण बाट प्राप्त सुझावहरुलाई आत्म साथ गर्दै आगामी दिनमा निमार्ण गरिएका कार्ययोजना कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन।

उनले लै.स.सा.स सम्बन्धित कार्यविधि निमार्ण गरिने समेत कार्यक्रममा बताए ।यसै गरी कार्यक्रमका अध्यक्ष केशवनन्द बनियाले गाउँपालिकामा चरम अशिक्षा र बजेटको अभावका कारण चाहे अनुरुप कार्य सम्पादन गर्न नसकिएको स्कार गरे ।

उनले अब हेल्प डेक्स मार्फत सेवा विस्तार गरिने समेत कार्यक्रममा बताए । उनले परिक्षण बाट आएका सुझावहरुलाई ग्रहण गर्दै समृद्ध मर्चवारी गाउँपालिका निमार्ण गर्न हामी सबैको दाहित्व हुने उनले बताए । परिक्षण कार्यक्रममा कार्यापालिका सदस्य कर्मचारी विषयगत शाखा प्रमुख लगाएत ३०भन्दा बढीको सहभागिता रहेको थियो ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech