१२ श्रावण २०८१, शनिबार

जनतासँग एमाले कार्यक्रम कोहलपुरमा संचालन
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको कोहलपुरबाट  (जनतासंग एमाले)  भन्ने कार्यक्रम सुरू गरेको छ । कोहलपुर १२ बाट जनतासंग एमाले कार्यक्रम सुरू  गरिएको हो  आज  कोहलपुर वडा नम्बर १२ वडा कमिटिको बैंठकबाट सो कार्यक्रम  संचालन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष प्रेम राना गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले बाके जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्मा गरेका थिए । नेकपा एमालेले अघि सारेको राष्ट्रिय अभियान समृद्द नेपाल सुखी नेपाली को महान अभिभारालाइ पूरा गर्न नेकपा एमालेलाई आगामी तिनै तहका निर्वाचनमा अत्याधिक मत सहित उम्मेदवारलाई विजयी गराउन टोल टोलका मतदाता शिक्षा लगाएत मा सहजीकरण गरिने बताएको छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech