१२ श्रावण २०८१, शनिबार

आज कस्तो रहला दिनभरको मौसम
  • न्युज मानसराेवर

बाँके\ बिहीबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बिहान देशको पहाडी भुभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै भूभागमा हुस्सु तथा कुहिरो रहेको छ।

यसैगरी दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहको पनि महाशाखाले जनाएको छ ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech