१२ श्रावण २०८१, शनिबार

एकीकृत समाजवादीले नेपालगन्जमा गर्यो एमसीसी विरुद्ध प्रर्दशन
  • न्युज मानसराेवर

बाँके\ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले बाँकेमा एमसीसी विरुद्ध आइतबार प्रर्दशन गरेको छ । नेपालगन्जको धम्बोझी चोकबाट सुरु भएको प्रर्दशन पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्ने नेताले नेपालमा एमसीसी आवश्यक नरहेको बताए । एमसीसी नेपाली जनताका लागि स्वीकार्य नहुने भन्दै उनीहरुले खबरदारी गरे ।

सो क्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य दलबहादुर सुनार, पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइराला, बाँके जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, जिल्ला सचिव दीपक जिएम, युवा नेता अब्दुल हुसेन खाँ, युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा, अनेरास्ववियूका केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका अध्यक्ष राजु तामाङ, सचिव सुनिल रसाईली लगायत नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech