११ श्रावण २०८१, शुक्रबार

सहिद तथा वेपत्ता परिवार लाई मन्त्री अथक द्धारा सम्मान
  • न्युज मानसराेवर

बाँके\ युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आगामी निर्वाचनमा जनताले प्रतिगमनकारी र राष्ट्रघातीलाई कारबाही गर्ने बताएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटी बाँकेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्वलाई निर्वाचनमा कारबाही गर्ने बताए ।

मन्त्री गहतराजले ७० जना सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका थिए । नेकपा माओवादी केन्द्र राप्ती सोनारी अध्यक्ष चिमबहादुर घर्तीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका दुई दर्जन बढीलाई मन्त्री गहतराजले स्वागत गरेका थिए ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech