२१ बैशाख २०८३, सोमबार

सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने
  • न्युज मानसराेवर

बाँके\ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रतिपक्षी दलसँग छलफल नै नगरी दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल गर्न बैठकमा नजाने एमालेले बताएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा सहभागी नहुने जानकारी दिए । ‘कुनै विषयमा सरसल्लाह छैन, सरसल्लाह नभई बस्न लागेको बैठकमा जानु पर्ने केही छैन,’ भट्टराईले जानकारी गराएका छन।

सभामुख सापकोटाले सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले संसदीय दलको बैठक सोमवार मध्यान्हपछि बस्दैछ ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech