११ श्रावण २०८१, शुक्रबार

दुग्ध उत्पादक किसानलाई अनुदान
  • न्युज मानसराेवर

बाँके\ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरूलाई उत्पादनको आधारमा प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान दिन थालेको हो ।

गत वर्ष जिल्लाका १२ वटा सहकारीमार्फत ४५ लाख रुपैयाँ अनुदान रकम वितरण गरेकामा यस वर्षका लागि ४० लाख रुपैयाँ विनियोजन भइसकेको कार्यालयका प्रमुख डा. बालकृष्ण श्रेष्ठले जानकारी  दिए ।

गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने कार्यालयले जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको छ । उनले भने, ‘दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।’

व्यास नगरपालिकामा ७ हजार ५००, बन्दिपुरमा ६ हजार ५००, भानुमा ५ हजार ३००, शुक्लामा ५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

जिल्लामा वार्षिक ३ हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदै आएको उनले बताए । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech