खजुरा \ बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात् खजुरा गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको हो ।
गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह मुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी गराए ।











