१८ असार २०८३, बिहीबार

आज छैटौं निर्वाचन दिवस मनाइँदै
  • न्युज मानसराेवर

बाँके\ ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ शनिवार छैटौं निर्वाचन दिवस मनाइँदैछ ।

नेपालमा सर्वप्रथम विक्रम संवत् २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।

स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस मनाइँदैछ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रवारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ । विक्रम संवत् २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

  • ७ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech