१८ असार २०८३, बिहीबार

५ थान रेडपाण्डाको छालासहित दाङमा ३ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\दाङमा प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन् । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला ल्याएर विक्रि वितरण गर्न लागेको सूचना आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं।३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगरलाई पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नं १ भालुवाङ–प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा ३ जनालाई प्रहरीले ५ थान रेडपाण्डाको छालासहित पक्राउ गरेको छ ।  बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका ३ जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

  • १४ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech