१० असार २०८२, मंगलवार

बैजनाथमा कांग्रेस प्रभावशाली नेता कडेल एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिकामा नेकपा एमाले आक्रमण रुपमा आफ्ना गतिविधिहरुलाई तिब्र बनाउदै गएको छ । स्थानीय तहको निर्वाचन लक्षित गतिविधि मा नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीको सक्रियता बढेको हो । पछिल्लो समय वडा भेला भातृय संगठन तिब्र रुपमा नेतृत्य चयन तथा टोल कमिटी निमार्ण पार्टी प्रवेश जनता सँग एमाले जस्ता अभियान संचालन गरिएको नेकपा एमाले गाउँ कमिटी सचिव प्रेम सुवेदीले जानकारी गराएका छन।

मुख्य रुपमा बाँके जिल्लाको भौगोलिक अवस्था तथा स्थानीय जनसमुदायमा जन सरकार बाट भए गरेका विकास निमार्णका कारणले अभियान सहज रुपमा र आक्रमण रुपमा संचालन गर्न सहज भइरहेको नेकपा एमाले पालिका कमिटी अध्यक्ष इन्द्र थापाले बताएका छन।

अभियान अन्तगर्त मुख्य रुपमा घर र्फक अभियान सँगै एमालेको लोकप्रिय नीति तथा कार्यत्रलमले बैजनाथ गाउँपालिका एमालेमा प्रवेश अभियानले समेत महत्व पाएको छ । आज नेपाली काग्रेसका युवा तथा चर्चित नेता घरेलु महासंघ बाँकेका उपाध्यक्ष भागवत कडेलले एमाले रोजेका छन। उनलाई नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले एमालेमा स्वागत गरेका छन।

यसै गरी बैजनाथ गाउँपालिका वडा न ८ मा नेकपा एमालको वडा भेला सम्पन्न गरिएको छ भने २०७४ का वडा सदस्य उम्मेदवा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पालिका कमिटी सदस्य पृथ्वी सम्शेर थारु र विष्णु थारुले समेत आज एमालेमा प्रवेश गरेका छन। उनीहरुलाई प्रदेश कमिटी सदस्य घननाथ खनाल लगाएत नेताहरुले एमाले पार्टीमा स्वागत गरेका हुन । बैजनाथ  एमालले पालिका कमिटीले ३० गते सम्म सबै तहका नेता तथा कार्यकर्ता अभियानमा परिचालन गरेको छ ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech