१६ बैशाख २०८१, आईतवार

नरैनापुरमा एमालेकाे धर्ना तथा हस्ताक्षर अभियान
  • न्युज मानसराेवर

नरैनापुर / नेकपा एमालेले नरैनापुर गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय स्थापनाका लागि धर्ना तथा हस्तान्तरण संकलन अभियान संचालन गरेकाे छ ।
यस अघि जिल्ला प्रशासन बाँके मार्फत नेपाल सरकारलाई नरैनापुर गाउँपालिकनमा ईलाका प्रशासन कार्यालय संचालनका लागि ज्ञापनपत्र बुझाईएकाे थियाे ।५ हजार हस्तान्तरण संकलन गर्ने धर्ना बस्ने चरणबद्व रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम रहेका नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चाज सुर्य ढकालले जानकारी गराए ।

सरकारलाई नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गराउन सबै लाई उक्त अभियान जाेडिन समेत ढकालले बताए ।

आज धर्ना कार्यक्रममन नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र जिल्ला नेतृत्व वडा ,नरैनापुर गाउँपालिका नेतृत्व आम नरैनापुरका जनाता हस्ताक्षर अभियानमा सहभागीता जनाएका थए ।

ईलाका प्रशासन कार्यालय स्थापना नहुँदा नरैनापुर गाउँपालिकाका स्थानीय समुदाय प्रभावित रहेकाे छ ।
भारत सँग सिमा जाेडिएकाे छ । २०७२ सालमा असुरक्षित भएकाे कारण देखाउदै नरैनापुर गाउँपालिका क्षेत्र बाट ईलाका प्रशासन कार्यालय हटाईएकाे थियाे ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech