बाँके\ कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना गराउन माओवादी नेताहरुले केन्द्रमा पहलको थालनी गरेका छन। माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेको विशेष पहलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र भुमि सुधार मन्त्री शसि श्रेष्ठको सक्रियतामा यस अघि नेपाल सरकारको क्याबिनेट बाट निर्णय भएको थियो ।
तदपश्चात नापी तथा मालपोत कार्यालय स्थापना गर्नका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेको नेता नरेन्द्र न्यौपानेले भनेका छन। कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना भए संगै कोहलपुरको आर्थिक गतिबिधी चलायमान हुने स्थानीय बासिन्दाको भनाई रहेको छ ।