काेहलपुर / कोहलपुर नगरपालिकाकाको १२ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रम गरी आफ्नैै भवनबाट सेवा सुरु गरेको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा बोल्दै रावतले आफ्नै एजेण्डामा रहेको सबै वडा कार्यालयहरु आफ्नो भवनमा हुनेछन् भन्ने छ त्यसले सार्थकता पाएको बताउनुभयो । चुनावी एजेण्डाहरुमा रहेका कोहलपुरमा सबै कामहरु भएको रावत बताउँछन् ।कोहलपुर नगरपालिकामा लामोदुरीको बसपार्क, छोटोदुरीको बसपार्क, भ्यू टावर, बधशाला निर्माण, १५ सैय्याको अस्पताल, बाल अस्पताल, प्रत्येक वडामा आधारभुत अस्पताल, नगरपालिकाको कार्यालयमा सबै वडाहरुको पहुँच हुनेगरी पिच, दरबन्दी मिलानबाट गुणस्तरीय शिक्षा प्रदान, एक वडा एक पिच भन्ने निति तथा कार्यक्रम प्रभावकारी भएको लगायत अन्य विकास कामहरु भएको रावतले दावी गरेेका छन । कोहलपुर नगरपालिकाले केही पनि गरेको छैनन भन्छन् तर कहाँ हेर्छन मलाई थाहा छैन,’ उनले भनेका छन । ‘तर हामीले चुनावी जे एजेण्डाहरु ल्याएका थियौं त्यहि नै छ ।’ ‘बाँकी लालपूर्जाको काम मात्र बाँकी छ त्यो पनि कोहलपुर वडा नम्बर १ मा लालपूर्जा वितरण गर्ने योजनाका साथ नगरपालिकाले ६ जना कर्मचारीमार्फत काम सुरु गरेका छौं उनले भने ।’ हाम्रो कार्यकालमा वडा नम्बर १ र २ वडाका बासिन्दाहरुलाई लालपूर्जा वितरण गर्ने तयारी छ ।रावतले भनेका छन ।











