१८ असार २०८३, बिहीबार

कस्तो रहला आजको मौसम?
  • न्युज मानसराेवर

बाँके । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा महाशाखाले जनाएको छ।

यस्तै दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech