११ असार २०८२, बुधबार

कर्णाली प्रदेश सांसद विष्टद्वारा पद र पार्टी परित्याग
  • न्युज मानसराेवर

सुर्खेत\ नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्याग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले पद र पार्टी परित्यागको घोषणा गरेका हुन्।

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकोभन्दै उनले पार्टी परित्याग गरेको जनाएका छन्।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको उनको आरोप छ।

  • २७ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech