१ जेष्ठ २०८१, मंगलवार

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको छ । केन्द्रीय कार्यसमितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिको संयोजकमा थापालाई मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति को संयोजक मनोनयन गर्नु भएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech