१३ बैशाख २०८१, बिहीबार

होमस्टे (पाउँना घर) एसोसिएसन नेपालको अध्यक्षमा मर्दनिया थारु निर्वाचित (लिस्ट सहित)
  • न्युज मानसराेवर

बाँके\ होमस्टे (पाउँना घर) एसोसिएसन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ । तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रेम शंकर मर्दनिया थारु चयन भएका छन। भने पाँच उपाध्यक्ष मध्य प्रदेश १ बाट एकराज घिमिरे गण्डकी प्रदेश बाट धनराज गुरुक लुम्बिनी प्रदेश बाट धनिश्वर वस्याल बागमति प्रदेश बाट बाबुराम मर्हजन यसै गरी बागमति प्रदेश बाट कौशिला मैनानी निर्वाचित भएकी छिन।

यसै गरी बाँके गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी महासचिवमा निर्वाचित भएका छन भने सचिवमा गंगादेवी हयाजु र कोषाध्यक्षमा सुरज बास्तोला निर्वाचित भएका छन। यसै गरी ४ खुल्ला केन्द्रिय सदस्य र नेपालका ७ प्रदेश बाट केन्द्रिय सदस्यमा चयन गरिएको निर्वाचित महासचिव कृष्णलाल चौधरीले जानकारी गराएका छन।

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech