१५ बैशाख २०८१, शनिबार

स्थानीय सरकारको अबको यात्रा औद्योगिकरणको विकासःअध्यक्ष रुचाल
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकाको लगानीमा शुरु गरिएको पुष्प बाटिका र भ्यू टावर उद्घाटन गरिएको छ।  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले एक कार्यक्रमका विच पुष्प बाटिका र भ्यू टावरको उद्घाटन गरे। बैजनाथ गाउँपालिका वडा न ६ स्थित न्यू हरियाली सामुदायिक उपभोक्ता वन समितिको ५ कठामा पुष्प बाटिका र भ्यू टावर निमार्ण कार्य सम्पन्न पश्चात आज उद्घाटन गरिएको हो ।

न्यू हरीयारी सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा उक्त पुष्प बाटिका र भ्यू टावर निमार्ण कार्य २०७६ साल बाट शुरु गरिएको थियो । कूल ६१ लाखमा निमार्ण गरिएको  ५ तलाको उक्त भ्यू टावर र पुष्प बाटिकाले आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनको विकास हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्णका सबै आधारभूत आवश्यकताहरु पुरा गरिएको बताएका छन।

उनले शिक्षा स्वास्थ्य पूर्वाधार निमार्ण कालो पत्रे मौलक रोजगारी सृजनामा बृद्धि लगाएत विकास निमार्णले पूर्णता पाएको बताएका हुन। उनले सबै वडाहरुमा स्वास्थ्य सेवा सबै वडामा आधारभूत तह सम्म निशुल्क शिक्षा गुणस्तर शिक्षाका लागि शिक्षक तरबन्दी मिलान पशु पंछि बाख्रा पालन पकटे क्षेत्रमा विस्तार तरकारी उद्पादनमा बृद्धि र त्यसको बजारीकरण गर्नाका लागी सहकारी संँग को सहकार्य गरिरहेको बताए ।

अब आज बाट पर्यटन विकासमा समेत पुष्प बाटिका र भ्यू टावर गाभर भ्याली जस्ता मौलिकता र इतिहास बोकेका क्षेत्रहरुको विकासले गर्दा थप पर्या पर्यटनको विकास तथा आन्तरीक तथा बाह्य पर्यटनहरुको आगमनमा बृद्धि हुने विस्वास व्यक्त गरे ।

उनले अब औद्योगिक नीतिको विकासमा स्थानीय सरकार योजना बद्ध रुपमा लागेको बताए । हामीले जनताका आधारभूत आवश्यकता  र नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हकहरुको संरक्षण र सेवा विस्तार गरेका छौँ । अब  आम नागरिकहरुको जीवन स्तर माथी उठाउन औद्योगिक क्रान्ति आवश्यक रहेको बताए । रुचालले मझैला उद्योगहरुको स्थापन र उत्पादित बस्तुको बजारीकरण मार्फत समृद्ध बैजना खुसी नागरिहरुको अभिभारा पुरा हुने दावि गरे ।

न्यू हरियाली सामुदायिक उपभोक्ता वन समितिका अध्यक्ष नन्द विश्वकर्माले स्थानीय सरकारले पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताएका छन। उनले अब यहाँ बन भोज आन्तरिक तथा बाह्य पर्यटनहरुको आगमन हुने विश्वास लिएका छन ।कूल बहादुर सुनारको अध्यक्षतामा ११ सदस्य निमार्ण समिति मार्फत निमार्ण कार्य शुरु गरिएको थियो ।  कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक वडा अध्यक्ष कार्यपालिका सदस्य बैजनाथ गाउँपालिका योजना अधिकृत पुष्प बाटिका तथा भ्यू टावर निमार्ण समिति लगाएतको सहभागिता रहेको थियो ।

 

 

 

  • २६ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech