११ बैशाख २०८१, मंगलवार

बढ्यो विदेशी पर्यटकको संख्या, एकैदिन २५ सय नेपाल भित्रिए
  • न्युज मानसराेवर

बाँके\ शनिवार २ वर्ष यताकै सर्वाधिक बढी विदेशीहरू नेपाल आएका छन् ।  अध्यागमन विभागका अनुसार, विगत २ वर्ष यताकै सर्वाधिक बढी २ हजार ५ सय ९३ विदेशी नागरिक एकैदिन नेपाल आएका हुन्  । यो संख्या २०१९ यताकै सबैभन्दा धेरै हो । कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थाल्दा पर्यटकहरू नेपाल आउनेक्रम बढेको हो । अप्रिल १० सम्ममा नेपालमा सरदर २ हजार विदेशी आएको देखिन्छ ।

अप्रिल महिनामा १९ हजार ५ सय ९२ विदेशी नेपाल आएका छन् । जसमध्ये सरदर २ हजारको संख्यामा विदेशी नागरिक नेपाल आएको देखिन्छ । २०२२ शुरू भएयता ९८ हजार ६ सय ४ जना विदेशी नागरिक नेपाल आएका छन् ।

जनवरी १ देखि अप्रिल १० सम्ममा करिब एक लाख विदेशीहरू नागरिक नेपाल आएको तथ्यांक अध्यागमन विभागको रहेको छ ।

‘कोभिडले आक्रान्त पारेको पर्यटन क्षेत्र विस्तारै चलमलाउँदै छन् भन्ने यस तथ्यांकले देखाउँछ, यो सुखद् कुरा हो ।’

विभागका अनुसार एयरलायन्समार्फत नेपाल आउने विदेशी नागरिकहरूमा भारतका नागरिकहरू सर्वाधिक बढी छन् ।  यसपछि अमेरिका, युके, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, फ्रान्स, क्यानडा, स्पेन, नेदरल्याण्डबाट बढीमात्रामा पर्यटकहरू नेपाल आएका छन् ।

यस्तै नेपालमा बढी पर्यटक आउने देशहरूको सूचीमा चीन ११ औं नम्बरमा रहेको विभागले जनाएको छ ।  कोरोना महामारीका समयमा विभिन्न नीतिका कारण सुस्ताएको पर्यटन क्षेत्र नीतिमा सहजतासँगै पुनः चलमलाएका छन् । अहिले सरकारले विदेशबाट आउने नागरिकलाई कोभिड खोप लगाएको अवस्थामा पीसीआर परीक्षण गर्नुनपर्ने व्यवस्था गरेको छ ।

दैनिक ५० समूहलाई ट्रेकिङ अनुमति

अध्यागमन विभागले पछिल्ला दिनहरूमा ट्रेकिङमा आउने पर्यटकको संख्या उत्साहजनक रहेको जनाएको छ । महानिर्देशक भट्टाईका अनुसार पछिल्ला दिनहरूमा दैनिक करिब ५० समूहले ट्रेकिङको इजाजत पाउने गरेका छन् ।  यस्तै हिमाल आरोहणमा आउनेहरूको संख्या भने आशातित रूपमा नबढेको उनले बताए ।

  • २७ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech