१८ असार २०८३, बिहीबार

राप्रपाका क्षेत्रीय अध्यक्षसहित ६० जना एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खानसहित ६० जना एमालेमा प्रवेश गरेका छन्।

पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए। उक्त समयमा खान ५ सय ८० मतले मात्र पराजित भएका थिए।

उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खानलगायत करिब ६० जना एमालेमा प्रवेश गरेको रुपन्देही एमालेले जनाएको छ।

मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन्।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech