१४ बैशाख २०८१, शुक्रबार

विपक्ष उम्मेदवार प्रति रुचालको कटाक्षःभ्रम र पैसाको खेतीले जनता मान्ने वाला छैनन
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ८ को चुवानी सभालाई सम्बोधन गर्दै एमाले प्रवशाली नेता मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्णका आधारभूत जनातका आवश्यकता पुरा गरेको दावि गरेका छन।

उनले बाँके जिल्लाको पहिलो स्थानीय तह जो आधारभूत तह सम्म निशुल्क शिक्षा उपलब्ध गराउन स्थापित भएको बताए । उनले आर्थिक सवलीकरण र महिला शशक्तिरकणमा महत्वपूर्ण कार्यहरु भएको दावि गर्दै साना किना सुढृढिकरण परियोजना मार्फत ४ हजार १ सय १ महिला दिदी बहिनीहरुको आर्थिक रुपान्तरण प्रत्यक्ष काम गरेको बताएका छन।

उनले आधाभूत स्वास्थ्य सेवा विस्तामा बैजनाथ गाउँपालिकाका पुरै ८ वटा वडाहरुमा स्वास्थ्ये सेवाको सुनिश्चिता गरेको आम साभामा भनेका छन।

उनले समृद्धीको यात्रामा भौतिक पूर्वाधार निमार्ण र पक्की बाटो निमार्ण शिक्षक व्यवस्थापन सामाजिक सुरक्षा सेवामा विस्तार लगाएत क्षेत्रमा महत्वूर्ण कार्यकालका रुपमा रहेको स्मरण गर्दै अब थप यसलाई सवलीकरण गर्नाका लागि एमाले उम्मेदवाहरु लाई विजयी गराउन आवश्यक रहेको बताए ।

उनले बैजनाथ गाउँपालिका वडा न ८ मा एमाले विजयी भए यहाँको सामाजिक रुपान्तरण सगै आर्थिक रुपान्तरण समेत हुने विश्वास व्यक्त गरे ।उनले केही साथीहरु रात्री निद्रामा एमाले प्रति त्रशित भएको कटाक्ष गरे रुचालले एमाले संगठन र एमालेको लोकप्रिय कार्यक्रमहरु प्रति धेरै नै चिन्तित साथीहरुलाई जनताका विचमा पहिला आफुलाई स्थापित गर्न आग्रह गरे ।

रुचालले युवा शक्तिहरु निर्वाचनका दिन सम्म बस्ति बस्तिमा, टोल टोलमा सजक र खबरदारी गर्न   आग्रह गरे  ।उनले भ्रम र पैसाको खेती गर्ने बेला यही हो भन्ने ‘कु’ बिचार त्याग्न विपक्ष उम्मेदवारहरुलाई सजक समेत गराए । हामी सँग हाम्रा युवा छन , हामी सँग हाम्रा विचार छन,हामी सँग हाम्रा समृद्धीका योजना छन ,रुचालले भने ।त्यसका विरुद्ध लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech