१३ बैशाख २०८१, बिहीबार

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार तुफान र मञ्जु निर्वाचित
  • न्युज मानसराेवर

बाँके (खजुरा) : बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक ‘तुफान’ अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

बिकले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । यस्तै मञ्जुले एमालेकै ताजरुन निशालाई पराजित गरेको मतणनामा खटिएका एक कर्मचारीले जानकारी दिए । ‘औपचारिक रुपमा घोषणा हुन मात्रै बाँकी छ, लगभग गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भइसकेका छन्,’ उनले भने ।

मत गणनाको अन्तिम परिणाम घोषणा हुन भने बाँकी छ । २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । गाउँपालिकामा यसपटकको निर्वाचनमा भने कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनाइएको थियो ।

अहिलेसम्म बाँकेमा राप्ती सोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । राप्ती सोनारी र डुडुवामा यसपटक पनि कांग्रेसले नै जितेको छ ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech