१४ असार २०७९, मंगलवार

नेपालगञ्जका नवनिर्वाचित मेयर विष्टले सम्हाले कार्यभार
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले सपथ संगै कार्यभार सम्हालेका छन् । आइतवार विहान सपथ लिएपछि उनले कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाले लगत्तै उनले केही महत्वपूर्ण निर्णय गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री बनाउँदै जेष्ठ नागरिकलाई सहज पहुँचका लागि उपमहानगरपालिकामा लिफ्टको ब्यवस्था गर्ने, जेष्ठ नागरिकलाई सामाजिक भत्ता लिन घण्टौं लाइन वस्नु नपर्ने गरी वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने र भेरी अस्पतालमा विरामीहरूको लागि सहज तरिकाले खानाको ब्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई प्रति महिना १ लाख दिने निर्णय गरेका छन् ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech