१४ बैशाख २०८१, शुक्रबार

सेतोखरी मिडियाले वितरण गर्याे विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान
  • न्युज मानसराेवर

बाँके/ सेतोखरी मिडिया प्रालीले आफनो कुशल दुई बर्ष पार गरेको छ । प्रालीले बिहीवारदेखि तेस्रोे बर्षको यात्रा अघि बढाएको छ । बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको प्रालीले विगत एक बर्षदेखि ‘ईसेतोखरी डट कम अनलाइन र सेतोखरी दैनिक’ पत्रिका प्रकाशनमा ल्याएको छ ।
छोटो समयमा आम पाठकको मन जित्न सफल यस मिडियाले अनलाइन र छापा सन्चारमाध्यमसँगै सेतोखरी विज्ञापन एजेन्सी, सेतोखरी समाचार एजेन्सीपनि सन्चालन गरिरहेको छ ।
प्राली अन्तर्गत रहेर कमलसुमन फाउन्डेशन विगत दुईबर्षदेखि विविध सामािजक काममा सक्रिय लागि परेको छ । फाउन्डेशनले कोरोना संक्रमणका बेला होस वा नेपालगन्जमा रगतअभाव भएको समयमा होस जुनसुकै अबस्थामा पनि सक्दो सहयोग गर्देै आएको देखिएको छ ।
प्राली दुई बर्षमा प्रवेश गरेको अवसरमा कमलसुमन फाउन्डेशनसँगै केही शुभचिन्तहरूको सहयोगमा प्रालीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चारमा बस्ने अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै विद्यालय पोशाख वितरण गरेको छ ।
प्रालीका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपाने, वडा नम्बर चारका समाजसेवी तथा जनप्रतिनिधी टेकबहादुर केसी, एमाले बाँकेका उपाध्यक्ष तथा रेडियो हातेमालोका सन्चालक डिल्ली विसी वडा नम्बर चारका नागरिक अगुवा नन्दा चन्द लगायतको सहभािगतामा उक्त सामाग्री वितरण गरिएको हो ।
प्रालीको बैठकले यस बर्ष विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेपछि सम्मानको साटो शैक्षिक समाग्री प्रदान गरिएको हो । गत बर्ष प्रालीले खोजमुलक पत्रकारिता गरे वापत पत्रकार जावेद अन्सारीलाई नगद रकम सहित सम्मान गरेको थियो ।
आम पाठकलाई सत्य तथ्य तथा खोजमुलक लेख रचना र समाचार पस्कने मुख्य ध्येय रहेको प्रालीले सरकारी तथा गैरसरकारी निकाय संघसंस्था तथा जनप्रतिनिधीको निगरानी गर्दै उनीहरूका कमी कमजोर औल्याई जनसामु पु¥याउने र सम्बन्धीत निकायलाई सचेत गराउने काम गरिरहेको छ ।
सुशासन कायम गर्नु, भ्रष्टचारको रोकथाम गर्नु खोजमुलक खुराक जनसामु लैजानु यस प्राली अन्र्तगतका सन्चार माध्यमको पहिलो कर्तव्य हो । यस अनुरूप प्रालीले अहिलेसम्म पाठकको सल्लाह सुझाव र माया ममता र माग अनुसार काम गरिरहेको देखिएको छ ।
सत्य, खोजमुलक खुराक पस्कदै र निडर पत्रकारीता आजको आबश्यकता प्रालीको मुलमर्म हो । यसअनुसार प्रालीले पाठको अहम माया पाएको छ । विगतमा पनि यसरी नै खोज पत्रकारीता निडर रूपमा गरिरहने प्राली प्रतिबद्धता जनाउँछ ।
यस समयमा प्रालीलाई माया गर्नुहुने पाठक, सुझाव दिनुहुने शुभचिन्तक, विज्ञापनदाता प्रालीका कर्मचारी सबैप्रति प्राली सादुवाद व्यक्त गर्दछ ।

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech