७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज मेडिकल कलेजमा आन्दोलन थप सशक्त पारिँदै
  • न्युज मानसराेवर

बाँके\चार महिनादेखि मासिक तलव नपाएको भन्दै आन्दोलनरत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । चार महिनादेखि मासिक तलव र करिव एक वर्षदेखि प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ ।

गएको विहीबार अस्पताल प्रशासन अगाडी हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्दै आएका उनीहरुले आन्दोलनलाई थप सशक्त पार्दै ओपिडी सेवा पनि आंशिकरुपमा बन्द गरेका छन् ।

व्यवस्थापन पक्षले आफ्नो माग सम्वोधनमा चासो नदिएको भन्दै उनीहरुले आधा दिनको काम छाडेका हुन् । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको परिषद्का अध्यक्षमा डा विनोद महासेठले बताए ।

नेपालगञ्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिलेपनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताए ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech