१४ बैशाख २०८१, शुक्रबार

आज कस्तो रहला देशभरको मौसम?
  • न्युज मानसराेवर

बाँके\जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजराति प्रदेश-१, मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

प्रदेश १, मधेस प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech