१३ बैशाख २०८१, बिहीबार

पेट्राल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो
  • न्युज मानसराेवर

बाँके\भारतबाट हिजो पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएपछि आज नेपाल आयल निगमाले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्राल डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।सरकारले १० रुपैँया पूर्वाधार कर घटाएसँगै निर्णय गरेसँगै मूल्य पनि घटेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलको प्रतिलिटर १० रुपैँया मूल्य घटेको छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech