१४ बैशाख २०८१, शुक्रबार

बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट
  • न्युज मानसराेवर

बाँके\संघीय सरकारले ल्याएको बजेटमा बाँकेले ४ अर्ब बढि बजेट पाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बाँकेले कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट पाएको हो ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो ।

बाँकेमा सबैभन्दा बढि नेपालगञ्ज उपमहानगरपालिका र सबै भन्दा कम नरैनापुर गाउँपालिकाले बजेट पाएको छ । चालु तर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पुँजीगत प्रकृति ४९ करोड २९ लाख गरि बाँकेलाई कुल ४ अर्ब १५ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ ।

समानीकरण अनुदानतर्फ बाँकेले एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) २ अर्ब ४९ करोड ५८ लाख, विशेष अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) १० करोड ८० लाख, समपुरक अनुदान (पुँजीगत प्रकृति) ९ करोड १९ लाख गरि बजेट पाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फ, सर्शत अनुदानतर्फ, विशेष अनुदानतर्फ, समपुरक अनुदान गरि कुल ९५ करोड ७५ लाख बजेट पाएको हो ।

कोहलपुर नगरपालिकाले कुल ५८ करोड एक लाख, खजुरा गाउँपालिकाले कुल ५२ करोड २४ लाख, जानकी गाउँपालिकाले कुल ३५ करोड ४७ लाख, डुडुवा गाउँपालिकाले कुल ३७ करोड ४६ लाख र नरैनापुर गाउँपालिकाले कुल ३५ करोड १९ लाख बजेट पाएको छ ।

यस्तै बैजनाथ गाउँपालिकाले समानीकरण अनुदानतर्फ, सर्शत अनुदानतर्फ, विशेष अनुदानतर्फ, समपुरक अनुदान गरि कुल ४८ करोड ९० लाख बजेट पाएको छ ।

विशेष अनुदान र समपुरक अनुदानतर्फ कुनै पनि बजेट नपाएको राप्तीसोनारी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६ लाख, सर्शत अनुदानतर्फ ३४ करोड ६५ लाख गरि कुल ५२ करोड ७१ लाख बजेट पाएको छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech