५ चैत्र २०८१, बुधबार

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक मिति २ दिनपछि सारियो
  • न्युज मानसराेवर

बुटवल\आज सार्वजनिक गर्न लागिएको लुम्बिनी सरकारको नीति तथा कार्यक्रम दुई दिनपछि सारिएको छ । सरकारले यसको सबै तयारी गरेर प्रदेशसभा पनि २३ गतेका लागि बैठक बोलाएकोमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि सारिएको हो ।

प्रदेशसभा सचिवालयले आइतबार एक विज्ञप्तिमार्फत सोमबार बस्ने प्रदेशसभाको बैठक स्थगित भएको जनाएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको विज्ञप्तिमा २५ गते बस्ने बैठकमा प्रदेशसभा सदस्यहरूलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै प्रस्तुत गर्नुपर्ने भएकाले उहाँको अस्वस्थतालाई ख्याल गर्दै दुई दिन सारिएको पुनले जानकारी दिए ।केही दिनयता पेटसम्बन्धि समस्याका कारण शेरचनले उपचार गरी आराम गरेको उनको सचिवालयले जनाएको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech