७ बैशाख २०८१, शुक्रबार

सुन आयातमा प्रतिबन्ध
  • न्युज मानसराेवर

बाँके\ वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रवारदेखि लागू हुने गरी सुन आयातमा प्रतिबन्ध लगाएको छ ।

सुनको भन्सार बढाउने अध्यादेशको समय सीमा सकिएकाले मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ अनुसार सुन आयातमा पूर्ण प्र्रतिबन्ध लगाएको बताएको छ । गत वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा सुनको भन्सारदर प्रतिदश ग्राम १ सय ३० रहेकोमा मन्त्रिपरिषद्ले गत चैतमा अध्यादेशमार्फत बढाएर ४ सय ७० रुपैयाँ पुर्‍याएको थियो ।

व्यवस्थापिका संसद्मा रहेको आर्थिक ऐन समयमा संशोधन हुन नसकेपछि सुनको आयातमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको हो । सरकारले सुनको भन्सार बढाउनेसम्बन्धी विधेयक यही १५ गते संसद्मा दर्ता गरिसकेको छ । सो ऐन संशोधन गर्न केही समय लाग्ने भएकाले बजारमा सुनको अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् । सुनको आयातमाथिको प्रतिबन्ध केही समयका लागि मात्र भएको मन्त्रालयका सहायक प्रवक्ता दीपक पाण्डेले बताए । ऐन संशोधन भएर आएपछि सुनको आयातमाथिको प्रतिबन्ध हट्नेछ ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech