बाँके\नेपालगन्जमा केहीदिन यता बढेको अत्यासलाग्दो गर्मीले जनजीवन निकै कष्ठकर बनिरहेको छ । गर्मीका कारण दिउँसोको समयमा सर्बसाधारणहरु घर बाहिर निस्कन सकेका छैनन्, भने जिल्लाका अधिकांस स्थानीय तहले समेत केहीदिन सम्मका लागि बिद्यालय बन्द गरिसकेका छन् ।
अत्यास लाग्दो गर्मीमा पनि बिद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपछि नागरिक स्तरबाट आक्रोश ब्यक्त भइरहेका छन् । थुप्रै सर्बसाधारणले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनीहरुले बिद्युत प्राधिकरणविरुद्ध आक्रोश पोखेका हुन् । अघोषित लोडसेडिङका विषयमा यसअघि पटक पटक दबाव र ध्यानाकर्षण गराइएको थियो ।
विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जले बिद्युत प्राधिकरणमै पुगेर धर्ना एवम् ध्यानाकर्षण गराइसकेको छ । तरपनि, प्राधिकरणले लाईन काट्न छाडेको छैन । प्राधिकरणले एक्कासी लाईन काट्दा पंखा, कुलर र एसीको साहारामा बसेका सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो ।
बिद्युत प्राधिकरणले अघोषित रुपले लाइन काट्न थालेपछि चर्को रुपले बिरोध भइरहेको छ । कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रुपमा बिद्युत आपुर्ती गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपालगन्ज : नेपालगन्जमा केहीदिन यता बढेको अत्यासलाग्दो गर्मीले जनजीवन निकै कष्ठकर बनिरहेको छ । गर्मीका कारण दिउँसोको समयमा सर्बसाधारणहरु घर बाहिर निस्कन सकेका छैनन्, भने जिल्लाका अधिकांस स्थानीय तहले समेत केहीदिन सम्मका लागि बिद्यालय बन्द गरिसकेका छन् ।
अत्यास लाग्दो गर्मीमा पनि बिद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपछि नागरिक स्तरबाट आक्रोश ब्यक्त भइरहेका छन् । थुप्रै सर्बसाधारणले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनीहरुले बिद्युत प्राधिकरणविरुद्ध आक्रोश पोखेका हुन् । अघोषित लोडसेडिङका विषयमा यसअघि पटक पटक दबाव र ध्यानाकर्षण गराइएको थियो ।
विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जले बिद्युत प्राधिकरणमै पुगेर धर्ना एवम् ध्यानाकर्षण गराइसकेको छ । तरपनि, प्राधिकरणले लाईन काट्न छाडेको छैन । प्राधिकरणले एक्कासी लाईन काट्दा पंखा, कुलर र एसीको साहारामा बसेका सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो ।
बिद्युत प्राधिकरणले अघोषित रुपले लाइन काट्न थालेपछि चर्को रुपले बिरोध भइरहेको छ । कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रुपमा बिद्युत आपुर्ती गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
‘गर्मी मौसममा बिद्युत आपूर्ती सहज रुपमा हुन नसक्दा ब्यापार ब्यवसाय एवम उद्योग कलकारखानालाई समेत क्षति बेहोर्नु परिरहेको छ, जसले गर्दा आम नागरिकको दैनिक जीवन नै अस्तब्यस्त बन्न गएको छ,’ कोइरालाले भनेका छन् ‘सुखी जीवन बाँच्न पाउने हरेक नगरिकको मौलिक अधिकार हो, तसर्थ यथाशीघ्र नियमित बिद्युत आपूर्तीको निम्ति बिद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ विगत लामो समयदेखी बाँकेमा बिद्युत आपुर्तीमा समस्या देखिदाँ बाँकेबासीले प्रचण्ड गर्मी मौसममा यातना भोग्नु परिरहेको उनले बताएका छन् ।
नेपालगन्जमा बढ्दो बिद्युत समस्याबारे गैर सरकारी संस्था महासंघ बाँकेले पनि प्राधिकरणका अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ । महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहका अनुसार नेपाल बिद्युत प्राधिकरण बुटवल ग्रिट महाशाखाका प्रमुख उमेशकुमार झालाई भेटेर ध्यानाकर्षण गराइएको हो ।