२६ आश्विन २०८१, शनिबार

बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया अधिक
  • न्युज मानसराेवर

बाँके\बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ । सिकल सेल तथा थाल सेमिया रोगले थारू समुदायलाई गाँज्दै लगेको छ ।

जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकल सेल रोग देखिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले दश दिनदेखि त्यस क्षेत्रमा सिकल सेल तथा थाल सेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ । कार्यालयले यो अवधिमा चार सय जनाको स्याम्पल जाँच गरिसकेको छ । त्यस मध्येमा एक सय ५० जनाको नतिजा आएको हो । बाँकीको नतिजा आउँदैछ । नतिजा आएकामध्ये ३१ प्रतिशतलाई रोग देखा परेको छ ।

भेरी अस्पतालमा सिकल सेल जाँचगर्ने ‘केमिकल’को अभाव रहेकाले फटाफट नतिजा आउन सकेको छैन् । गाउँबाट फटाफट स्याम्पल जाँच गरेर भेरी अस्पतालमा दिइए पनि केमिकल अभावले त्यसको नतिजा छिटो आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकल सेल तथा थाल सेमिया भन्ने लुकेको समस्या धेरै रहेको बताए ।

बाँकेको कोहलपुरमा नगरपालिका आफैले सिकल सेल जाँच गरेको छ । कोहलपुर नगरपालिकाले नौ हजार मानिसको स्याम्पल जाँच गर्दा सात सयमा रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।

  • ३० जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech