१३ बैशाख २०८१, बिहीबार

स्कुल विभागको प्रशिक्षण लिन एमाले जनप्रतिनिधि काठमाडौंमा
  • न्युज मानसराेवर

काठमाडौं\ नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू गरेको छ ।काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech