७ बैशाख २०८१, शुक्रबार

मध्यरातमा इन्धनको मूल्यमा भारी बृद्धि, पेट्रोलको मूल्य १ सय ९९
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । निगमले आइतवार राति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो । मूल्यबृद्धिपछि पेट्रोल लिटरको २ सय रुपैया नजिक पुगेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैया बृद्धि गरिएको छ ।

पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो ।  डिजेलमा पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ । प्रतिलिटर इन्धनमा एकैपटक यति धेरै बृद्धि गरिएको पहिलो पटक हो ।  खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । मूल्यबृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech