२७ आश्विन २०८१, आईतवार

नबिल बैंक सँग बैजनाथ सामाजिक उद्यमी सहकारीको अन्तरक्रिया
  • आर.के. छिनाल

बैजनाथ\ बैजनाथमा समूहमा आवद्ध साना किसान र नेविल बैक विच वित्तय पहुँच सम्बन्धमा अन्तरक्रिया गरिएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित परियोजनामा आवद्ध महिला सदस्यहरुलाई कृषि तथा पशु उद्यमी बनाउन सहुलियत कृषि कर्जा उपलब्ध गराउन नेबिल बैक संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बौल्दै सहकारीका संरक्षक तथा बैजनाथ गाउँपालिकाका निर्वतमान गाँउपालिका अध्यक्ष मान बहादुर रुचालले महिला शशक्तिकरण तथा आर्थिक संवृद्धिका लागि परियोजना संचालन गरिएको हो उनले भने । नेविल बैक संगको सहकार्यले परियोजनाले लिएको महिला उद्यमी र उद्यमशिलता विकास गर्ने उदेश्यले पूर्णता पाउनेमा आशावादी रहेको रुचालले बताए ।

गाउँपालिकाले जन्माएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले छोटो समयमै बचत,उत्पादनका क्षेत्रमा ऋण लगानी तथा बजारीकरण गर्न सफल भएकोमा संरक्षक रुचालले सम्पूर्णलाई धन्यवाद दिए ।

रुचालले हेफरले बैजनाथका जनताकालागि नेबिल बैक संग सहकार्य गरेकोमा धन्यवाद समेत दिए । साना किसान उद्यमी सुदृढिकरण परियोजना र बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले संचालन गरेका क्रियाकलाप प्रति आफू सन्तुष्ट रहेको काली बहादुर सिहंले
बताए ।  नेबिल बैकले उपलब्ध गर्न लागेको सहूलिएत कर्जा संगै विना धितो सहकारीलाई थोक कर्जाका लागि समेत सिंले अनुरोध गरे ।

कार्यक्रममा नेविल बैंक कोहलपुर शाखाका शाखा प्रवन्धक अनुराग ज्ञावलीले सहूलिएत कर्जाको विस्तृत जानकारी गराउँदै उपस्थित समूहका सदस्यहरुको जिज्ञासालाई समाधान गरे । हेफर प्रोजेक्ट संग सहकार्य तथा गाउँपालिको संरक्षणले भोलीका दिनमा यस क्षेत्रमा धेरै भन्दा धेरै उद्यमीहरुको विकास हुनेछन उनले भने ।

कार्यक्रममा उनले प्रथम चरणमा १ करोड सम्मको लागानी गर्न सकिने जानकारीगराए ।उत्पीडित सामूदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले स्वागत गर्दै परियोजनाले लिएको आर्थिक सम्वृद्धि तथा परिवारको वार्षिक आम्दानी ५ लाख ३७ हजार पुराउने लक्ष्य अव छिट्टै पुरा हुने  आशा जगाएको बताए । सहकारी हाल सम्म गरेको कार्यको प्रतिवेदन व्यवस्थापक रिता बुढाले प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको समापन सहकारी का.वा अध्यक्ष कमला बुढाले गरेकी थिइन ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech