१२ बैशाख २०८१, बुधबार

बाँकेमा १९ लाख बढिको अवैध खाद्यान बरामद
  • न्युज मानसराेवर

बाँके\ भारतबाट भन्सार छली ल्याएको ठुलो परिमाणको चिनी र दाल बाँके प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भित्र्याइएका सामानहरु भण्डरण गरी राखेको अवस्थामाबाट बरामद गरेको हो ।

प्रहरीका अनुसार, उक्त स्थानमा तलासी लिँदा खरिद विक्रीको कुनै कागजात नभएको ५२० वोरी चिनी अन्दाजी मुल्य १८ लाख २० हजार र बोडीको दाल ५१ वोरी मुल्य १ लाख ७ हजार गरि जम्मा १९ लाख २७ हजार बराबरको बरामद गरेको हो ।

उक्त सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझइाएको प्रहरीले जनाएको छ ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech