१५ चैत्र २०८०, बिहीबार

कोहलपुरद्वारा ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण गरेको छ । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण गरेको छ ।

कृषि प्रयोजनका लागि कोहलपुर नगरपालिकाले २१ वटा पावर ट्रेलर वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले १३ वटा ठूला र ८ वटा साना पावर ट्रेलर किसानलाई हस्तान्तरण गरेको कृषि शाखा कोहलपुरका प्रमुख चन्द्र वहादुर बुढाले वताए ।

कोहलपुर नगरपालिकाको १८ लाख र किसानको १८ लाख गरी ३६ लाख मूल्य बराबरमा पावर ट्रेलर खरिद गरिएको हो । अनुदानमा पावर ट्रेलर पाएपछि कृषकहरु उत्साहित भएका थिए ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech