११ बैशाख २०८१, मंगलवार

नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने
  • न्युज मानसराेवर

काठमाडौँ\ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech