२८ आश्विन २०८१, सोमबार

आज दिनभरको मौसम
  • न्युज मानसराेवर

बाँके\अहिले मुलुकभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ ।यस्तै आइतवार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहान एक बुलेटिन सार्वजनिक गर्दै प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको जनाएको छ ।

आइतवार दिउँसो तथा राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । विभागका अनुसार, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो २४ घन्टामा देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  जसकारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह समेत गरेको छ ।

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech