१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा बाली उत्पादन ११.२४ प्रतिशतले घट्यो
  • न्युज मानसराेवर

सुर्खेत\कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ। आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ।

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ।

राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो। उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको पाइएको छ।

धानबाली ११ दशमवल ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ। प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ। धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भएपनि उत्पादकत्वमा गिरावट आएको छ। कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए।

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech