८ बैशाख २०८१, शनिबार

जिवन ज्योती स्कुलका जेम्सले अभिभावकको गरे अपमान
  • न्युज मानसराेवर

बाँके\ जिबन ज्योती स्कुलका फादर भन्ने जोमन जेम्सले आफना अभिभाबकलाई विद्यालयको गेट बाहिर करिब एक घण्टा कुराएर अपमान गरेका छन् । विद्यालयमा रिजल्ट हेर्न आएका अभिभाबकलाई १० बजे गेट भित्र नछिरेको निहु बनाई पटक पटक बिबादमा तानिँदै आएका फादर भन्ने जेम्सले स्कुलमा एकल दादागिरी गरिरहेको अभिभाबक बृत्तबाट गुनासो आउन थालेको छ ।

१० बजे देखि १२ बजे भित्र रिजल्टका लागि आउन सुचना जारी गरेको बिद्यालयले यस्तो प्रचण्ड गर्मिमा बाल बालिका सहित करिब ४ सय अभिभाबकलाई गेट बाहिर बस्न बाध्य पारेको थियो । आधिकारिक जानकारी बिना विद्यालयको गेट किन बन्द गरियो, १० बजे देखि १२ बजेसम्म रिजल्ट हेर्न पाउने भन्ने सुचना पाएर हामी रिजल्ट हेर्न आएका थियौं तर यस्तो गर्मिमा गेट बन्द छ कोहलपुरका ब्यापारी मोतिलाल काफलेले भने ।

हामी पनि ब्यापारी हौं हाम्रो पनि काम हुन्छ विद्यालयले तोकेको १० बजे देखि १२ बजे तोकेको समयमा विद्यालयमा आउँदा पनि यस्तो सास्ति ब्यर्होनु पर्यो अर्का एक ब्यापारीको गुनासो रहेको छ ।

अभिभाबक आफनो शासनमा नचले बच्चा विद्यालयबाट निकाल्न धम्कि दिने गरेको जेम्सले विद्यालयको प्रिन्सिपल भएकै आडमा अभिभाबकै अगाडि दादागिरी शैलिमा जस्लाई आउन छ आउने नआउने भए नआउने भन्दै अत्यन्त अभद्र ब्यबहार प्रर्दशन गरेका थिए ।

अभिभाबक र जेम्स तथा विद्यालयका अन्य शिक्षकहरुमाझ बाझाबाझ हुदै गर्दा जेम्सले अभिभाबकलाई अत्यन्त तच्छ शब्द प्रयोग गरि निकै उत्तेजित तवरले अभिभाबकमाझ प्रस्तुत भएको एक अभिभाबकले नाम नबताउने शर्तमा बताएका छन् ।

मेरो विद्यालय मेरो नियममा चल्छ भन्दै जेम्सले ४०० जना अभिभाबकको माझमा आफना देवता जस्ता अभिभाबकलाई मान मर्दन गर्न भ्याएका थिए । यसअघि कोहलपुर वडा नं. १० का अध्यक्ष र स्थानिय कांग्रेस नेताहरुलाई यस्तै मान मर्दन गरेपछि निज जेम्सलाई कोहलपुर नगरपालिकाको न्यायीक समितिमा उजुरी परेको र सो मिलाई सकिएको थियो भने जिल्ला शिक्षा कार्यालयसम्म पनि उनीमाथि उजुरी र मिलापत्रको केश परिसकेको छ ।

विद्यालय राम्रो छ तर राजनैतिक संरक्षणमा पटक पटक उग्र हुने जेम्सलाई हटाउन केहि अभिभाबकको मागसमेत रहेको छ । प्रचण्ड गर्मिमा १ घण्टा गेट बाहिर कुरेर बसेका केहि अभिभाबकले राम्रो संस्कार र शिक्षा सिक्न आफुले यस बिद्यालयमा आफना नानी बाबु भर्ना गरेकोमा जेम्सको बोली ब्यबहारबाटै आफना नानीबाबुले के सिकेको होला सजिलै अनुमान लाउन सकिन्छ एक अभिभाबकले भने । कमेन्ट केहि गरयोकी बच्चा अन्त्य लैजान भन्छ आक्रोशित ती अभिभाबकको भनाई रहेको छ ।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech