२६ आश्विन २०८१, शनिबार

एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्ने
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौँ उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौँको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महँगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरु हुने एमालेले जनाएको छ।

यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महँगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्।

वसन्तपुरबाट सुरु हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

  • १६ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech