१४ बैशाख २०८१, शुक्रबार

विद्यालयमा ‘स्कुल नर्स’ कार्यक्रम सञ्चालन हुदै
  • न्युज मानसराेवर

बाँके\ आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानीय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।

मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहने छन् भने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहने छन् ।

यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने ब्यवस्था गरिएको छ ।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech