२७ श्रावण २०७९, शुक्रबार

थप ८१४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो
  • न्युज मानसराेवर

बाँके\नेपालमा मंगलबार एकैदिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ५ हजार ४१५ जनाको नमूना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ६५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।

थप ८१४ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। २४ घण्टाको अवधिमा २९९ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech