१५ चैत्र २०८०, बिहीबार

नेपालमा ९१५ जना संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके\नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन्। बुधबार थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेकाे संख्या शून्य छ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech