७ बैशाख २०८१, शुक्रबार

सुनकाे भाउ असार २२ यताकै उच्च, ताेलाकाे कति पुग्याे ?
  • न्युज मानसराेवर

बाँके\ स्थानीय बजारमा बिहीवार सुनको मूल्य ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार १०० रूपैयाँ कायम भएको छ । यो रकम असार २२ यताकै सर्वाधिक हो । उक्त दिन सुन प्रतितोला ९६ हजारमा काराेबार भएकाे थियाे ।बुधवार भने सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । यो दिन चाँदी प्रतितोला १ हजार २१० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार २१० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य बढेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७७१ दशमलव ६६ डलर (नेपाली समयअनुसार बिहीवार बिहान ११:२५ बजे) पुगेको छ ।

मंगलवार डलरको मूल्य पनि बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ २५ पैसा थियो ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech