१५ चैत्र २०८०, बिहीबार

निर्वाचन घोषणा छापामार शैलीमा भयो : सुवास नेम्वाङ
  • न्युज मानसराेवर

बुटवल\  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको बताएका छन्।

सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुनै छलफल नगरेको भन्दै उनले छापामार शैलीमा मिति घोषणा भएको बताएका हुन्।

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नेम्वाङले निर्वाचन जस्तो महत्त्वपूर्ण विषयमा प्रतिपक्षी दलसँग सल्लाह नगरेकोमा असन्तुष्टि पोखे। उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य छ तर,  प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरी चुनावको मिति घोषणा गरको विषयलाई पार्टीले जनतासमक्ष राख्छ।’

सत्ता पक्षले प्रतिपक्षी दललाई घेराबन्दी गरेको नेम्वाङले बताए। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत आउने अवस्था नभएको समेत उनले बताए। अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरित दूषित गठबन्धन भएको टिप्पणी उनले गरे।

एम अधिकारी प्रकरण राजनीतिक विषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो विषय उछालेको दाबी गरे। उनले यस विषयमा छानबिन गरेर कारवाही गर्न चुनौती दिए।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech