७ बैशाख २०८१, शुक्रबार

बाँकेको जानकी गाउँपालिकाद्वारा बृक्षारोपण
  • न्युज मानसराेवर

बाँके\ बाकेको जानकी गाउपालिकाले शुक्रवार वृक्षारोपण गरेको छ । पालिकाले विरुवा लगाऔ वातावरण बचाऔ भन्ने मुल नाराका साथ वृक्षारोपण गरेको हो । पालिकाले वडा नम्वर एक, दुई र तीनमा वृक्षारोपण गरेको छ भने दुई नम्वर वडाको प्रहरी चौकी वेलभारमा समेत वृक्षारोपण गरेको छ ।

वृक्षारोपण कार्यक्रममा वोल्दै गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादबले वृक्षारोपण गरेमा गाउँ हराभरा र स्वच्छ सफा हुने भन्दै वृक्षारोपण गर्न जरुरी रहेको बताएकी छन् । वृक्षारोपणमा जानकी एक नम्वर वडाका वडा अध्यक्ष, सदस्य त्यसैगरेर दुई नम्वर वडाबाट कार्यपालिका सदस्य र तिन नम्वर वडाका वडा अध्यक्ष र तिनै वडाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech